७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीमन्त्री र सचिवका कारण राजधानीबासीले मेलम्चीको पानी पिउन पाएनन्: सांसद केसी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानीमन्त्री र सचिवका कारण राजधानीबासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद केसीले मन्त्री र सचिवका कारण मेलम्चीको पानी राजधानी आउन नसकेको दाबी गरे ।

उनले भने, ‘मन्त्रीज्यू यहाँ हुनुहुन्छ । सचिव र तपाईंका कारणले राजधानीबासीलाई पानी उपलब्ध हुन सकेको छैन । राजधानीबासी काकाकुल छन् ।म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईका २० औ बर्षको आयोजनाको रुपमा रहेको मेलम्ची तपाईंका कारणले सम्पन्न भएको छैन ।’

एक गाग्री पानीका लागि र्कीतिपुरबासी बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए ।