१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च र जिल्ला अदालतमा माघ २ देखि गोलाप्रक्रियाबाट पेसी



अ+ अ-

काठमाडौं  । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा बुधबार बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च र जिल्ला अदालतको नियमावली संशोधन र निर्देशिका तयार गर्ने निर्णयसमेत गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोलाप्रक्रिया प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ र त्यसका लागि नियमावली संशोधन गर्ने र निर्देशिका र मस्यौदा तयारी गरी पूर्ण बैठकमा पेस गर्न सर्वोच्च प्रशासनमा निर्देशन दिने निर्णय भएको छ ।

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले अदालतमा भइरहेका विकृतिविसङ्गति हटाउन गोलाप्रक्रियाबाट पेसी तोक्न सुझाव दिएको थियो ।