काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।
नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पदको जिम्मेवारी गौतमलाई दिने प्रस्ताव राखेका हुन् ।
पार्टी एकताको डेढ वर्षपछि गौतमलाई उपाध्यक्ष पद दिइएको हो । यसअधि तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो ।