२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा भत्सना



अ+ अ-

बुटवल । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमीश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोट घटनाको विभिन्न पार्टीद्वारा विरोध एवं भत्सना गरेका छन् ।

सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो । बम प्रहारबाट सचेतक ढाकालले चढ्ने गरेको लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

नेकपा रुपन्देहीले सो घटनाको घोर निन्दा एवं भत्र्सना गरेको पार्टी जिल्ला सचिव निर्मलकुमार जिसीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस खालका घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारसँग माग गरिएको छ ।

जननिर्वाचित जनप्रतिनिधि र पार्टीका नेताहरुलाई धम्क्याउने, आक्रमण गरी विचलित पार्ने प्रयासस्वरुप गरिएका यस प्रकारका आक्रमणका विरुद्ध संयमता अपनाउन तथा राजनीतिक रुपमा विरोध र सामना गर्न समेत सबैलाई आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाली काङ्ग्रेस प्रदेश नं ५ संसदीय दलले समेत सो घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टी संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा यस खालका घटनामा संलग्न ब्यक्तिलाई पहिचान गरी कानूनी कारवाहीको माग गरिएको छ । साथै शान्ति सुरक्षा र अमनचयनको वातावरण कायम राख्न समेत विज्ञप्तिमा सरकारसँग माग गरिएको छ ।