२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको मन जितेर पूर्ण बहुमतका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्छु: अध्यक्ष थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गत संविधानसभामा राप्रपाको गणपुरक संख्यामा उपस्थिती हुन नसकेकै कारण हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापित हुन नसकेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाडौं सम्पर्क समाज गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अबको निर्वाचनमा जनताको मन जितेर पूर्ण बहुमतका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने दृढ संकल्प लिएर पार्टी अघि बढिसकेको भन्दै उनले त्यसतर्फ केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङ, महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, प्रदेश नं। ३ का अध्यक्ष विक्रम बहादुर थापा, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्का, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरुष लगायतले बोलेका थिए।