५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टिम घोषणा, नियमित कप्तान विराज परेनन्



अ+ अ-

काठमाडौं । मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरविरुद्ध आगामी भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्दैछ। सो खेलका लागि शुक्रबा नेपालले २३ सदस्यीय टिम घोषणा गरेको हो।

प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा नियमित गोलकिपर किरण चेमजोङ छैनन्। यता नियमित कप्तान विराट महर्जन भने टिममा पर्न असफल भएका छन्। २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका विराज नेपाली टिमका सिनियर खेलाडीमा पर्छन्।

तत्कालिन कप्तान सागर थापा म्याच फिक्सिङ काण्डमा मुछिएपछि विराजले नेपाली टिमको कप्तानी गर्दै आएका थिए।

नेपालले मलेसियन लिग च्याम्पियनसँग खेलेपछि विश्वकप छनोटका खेल खेल्नेछ।नेपाल छनोट प्रतियोगिताको समूह ‘बी’ मा छ।नेपालले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।

नेपाली टिम
गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड : विमल घर्तीमगर, विक्रम राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ