११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टिम घोषणा, नियमित कप्तान विराज परेनन्



अ+ अ-

काठमाडौं । मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरविरुद्ध आगामी भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्दैछ। सो खेलका लागि शुक्रबा नेपालले २३ सदस्यीय टिम घोषणा गरेको हो।

प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा नियमित गोलकिपर किरण चेमजोङ छैनन्। यता नियमित कप्तान विराट महर्जन भने टिममा पर्न असफल भएका छन्। २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका विराज नेपाली टिमका सिनियर खेलाडीमा पर्छन्।

तत्कालिन कप्तान सागर थापा म्याच फिक्सिङ काण्डमा मुछिएपछि विराजले नेपाली टिमको कप्तानी गर्दै आएका थिए।

नेपालले मलेसियन लिग च्याम्पियनसँग खेलेपछि विश्वकप छनोटका खेल खेल्नेछ।नेपाल छनोट प्रतियोगिताको समूह ‘बी’ मा छ।नेपालले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।

नेपाली टिम
गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड : विमल घर्तीमगर, विक्रम राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ