१३ असार २०८३, शनिबार
,
Latest
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५३० मत गन्दा गगन थापाको ९८५, अन्यको कति ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म एक हजार ५३० मत गणना भएको छ । प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ ।  सबैभन्दा बढी  थापाले ९८५ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीका अर्का प्रत्यासी  शर्माले ६०३ मत ल्याउनुभएको छ । 

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४७, डा मीनेन्द्र रिजालले २५४ र डा राजाराम कार्कीले ४७ मत प्राप्त गर्नुभएको छ ।महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिनुभयो ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु  थापा, डा  महत,  पौडेल, डा रिजाल, डा  कार्की र  शर्मा उम्मेदवार हुनुहुन्छ ।