५ असार २०८३, शुक्रबार
,
Latest
बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको काबुलमा बम विस्फोट: ६३ जना मारिए, १८० जनाभन्दा बढी घाइते



अ+ अ-

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटन भएको छ । स्थानीय समयअनुसार राती २२ः४० बजे शहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त विस्फोट भएको थियो।

विवाह समारोहमा गराइएको उक्त बम विस्फोटनमा परेर ६३ जना मारिएको र १८० जनाभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ । विस्फोटनको जिम्मेवारी कुनै समूहले लिएको छैन।

तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

आन्तरिक मन्त्रालयका प्रवक्ता नस्रत राहिमीले पुष्टि गरेअनुसार शनिवारको विस्फोटनमा गैरसैनिकहरू हताहत भएका छन् तर उनका अनुसार त्यसबारे विस्तृत विवरण सङ्कलन गर्ने काम अझै चलिरहेको छ।

अफगानिस्तानमा हुने विवाह समारोहमा सयौँ पाहुनाहरू सहभागी हुने गर्छन्। उनीहरू ठूला हलमा जम्मा हुन्छन्, जहाँ महिला र केटाकेटी तथा पुरुषहरू छुट्टाछुट्टै समूहमा बस्छन्।

विवाहमा सहभागी एक पाहुना मोहमद फार्हागले आफू महिला बस्ने खण्डतिर गएको बेला पुरुषहरू भएतिर ठूलो आवाजमा विस्फोट भएको सुनेको बताए।

काबुलको एक प्रहरी चौकीमा १४ जनाको ज्यान जाने र १५० जनालाई घाइते तुल्याउने गरी ठूलो बम विस्फोटन गराइएको १० दिनपछि पछिल्लो हमला भएको छ।

शुक्रवार पाकिस्तानको क्वेटा सहरमा एक मस्जिद नजिकै राखिएको बम विस्फोट हुँदा तालिबान नेता हिबतुल्लाह अखुन्डजादाका भाइ मारिएका थिए। त्यो आक्रमणको पनि कुनै समूहले जिम्मेवारी लिइसकेको छैन।