५ असार २०८३, शुक्रबार
,
Latest
बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठनलगायतको एकता पूरा गर्न बाँकी छ । त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम पनि बाँकी छ ।

यसअघि शनिबारका लागि बैठक तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो ।