दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ रिहारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३४०३ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ गइरहेको रा १ प ११३१ नम्बरको मोटरसाइकललाई शनिबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार ४२ वर्षीय बिनोद बस्नेत र ४५ वर्षीय रमेश बस्नेतको मृत्यु भएको हो ।
मृत्यु हुनेहरु घोराही उपमहानगरपालिका–५ धर्नाका र नेपालगन्ज उपमहानगरपालिका ४ कारकाँदोका दाजुभाई रहेका थिए । विनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान घोराही र रमेशको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रक नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।