५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दालमोठ फ्याक्ट्रीमा आगलागी, लाखौंको क्षती



अ+ अ-

धनुषा । मिथिला नगरपालिका–१ स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलागी हुदा लाखौंको क्षती भएको छ । दालमोठ फ्याक्ट्रीमा शनिवार साँझ अचानक आगलागि भएको थियो । आगलागीकबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट फ्याक्ट्रीभित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले जनाए । उनका अनुसार साँझ ७ बजेतिर आगलागी भएको थियो ।

आगलागीको कारण हालसम्म थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।