५ असार २०८३, शुक्रबार
,
Latest
बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावीर पुनलाई पायोनियर आइसिटी अवार्ड



अ+ अ-

काठमाडौं । यस वर्षको पायोनियर आइसिटी अवार्ड महावीर पुनले पाएका छन्। लिभिङ वीथ आइसिटी म्यागेजिनले आयोजना गरेको आइसिटी अवार्डमा सूचना प्रविधि क्षेत्रमा योगदान दिएवापत उनलाई अवार्ड दिइएको हो।

शनिबार राजधानीमा आयोजित चौथो संस्करणको कार्यक्रममा डायस्पोरा आइसिटी अवार्ड मेसिन लर्निङको क्षेत्रमा काम गर्ने फ्युज मेसिन नामक कम्पनीका संस्थापक डा समीर मास्केले पाए।

यो वर्षको आइसिटी इन्ट्रेनप्रेनर अवार्ड भने अमित अग्रवालले पाएका छन्। खल्ती डिजिडल वालेटका प्रमुख कार्यकारी अग्रवालले यो अवार्ड पाएका हुन्।

त्यस्तै सूचना प्रविधिको प्रयोगबाट सेवा सुधार गरेको भन्दै डिजिटल गभर्नेन्स आइसिटी अवार्ड लोकसेवा आयोगलाई दिइएको छ।

त्यस्तै नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेशन अवार्ड ,राइजिङ स्टुडेन्ट अवार्ड पुल्चोक क्याम्पसका रितेस पाण्डे र आयुस भट्टराई, प्रडक्ट आइसिटी अवार्ड मेडिको सिस्टम सर्भिसेस,स्टार्टअप आइसिटी अवार्ड इडिजिटल नेपाल,मिडिया पर्सनालिटी अवार्ड कान्तिपुर दैनिकका बिजय तिमिल्सिना र पब्लिक च्वाइस अवार्ड किताबयात्राले पाएका छन्।