काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ २७२० मतगणना गर्दा गगन थापाले १७७५ ,विश्वप्रकाश शर्माले ११०९,डा प्रकाशशरण महतले ८९९ प्रदीप पौडेलले ८१९ , मिनेन्द्र रिजालले ४५६ र राजाराम कार्कीले६७मत प्राप्त गर्नुभएको छ ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।