५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार



अ+ अ-

जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।

म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याँकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्याँकर दक्षिणतर्फ प्रस्थान गरेको थियो । जिब्राल्टरका सरकारी अधिकारीहरुले उक्त ट्याँकरको गन्तव्यका बारेमा आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

जिब्राल्टरले ग्रेस १ नाम दिइएको सामुद्रिक तेल ट्याँकरलाई युरोपेली संघका प्रतिबन्धहरु उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको थियो । जिब्राल्टरको उक्त कदम पश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो । इरानले पटकपटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो ।

जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्याँकर छाड्न आदेश दिएको थियो । अदालतको आदेश लगत्तै इरानले नयाँ चालक दल जिब्राल्टर पठाएको थियो । हाल यस भिमकाय तेल ट्याँकरको नाम एड्रियन दरया राखिएको छ । यस ट्याँकरमा २१ लाख ब्यारेल तेल रहेको छ ।

शुक्रबार नै, अमेरिकी न्याय विभागले उक्त ट्याँकर नियन्त्रणमा लिन आदेश जारी गरेको थियो । अमेरिकाले उक्त ट्याँकरबाट इरानी तेल छुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ । जिब्राल्टर सरकारले अमेरिकी अनुरोधलाई अस्वीकार गरेको थियो । युरोपेली संघभित्र इरानमाथिका अमेरिकी प्रतिबन्धहरु लागू नहुने जिब्राल्टर अदालतको आदेशमा उल्लेख छ ।

म्यारिन ट्राफिकका अनुसार उक्त ट्याँकर ग्रिसको कालामाटातर्फ प्रस्थान गरेको छ । ट्याँकर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा इरानी ट्याँकर नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकार समक्ष व्यक्त गरेको थियो ।

जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजाबाहक स्टेना इम्पेरो नामको तेल ट्याँकर कब्जामा लिएको थियो ।