५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो राइनो हैन, गैंडा हो गैंडा : प्रधानमन्त्री ओली



अ+ अ-
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री/ फोटोः प्रम सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन् । एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताएका छन् । ‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संशोधन गर्छौं ।’

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभई विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताएका छन् । विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् । ‘यो राइनो हैन गैंडा हो गैंडा’ प्रधानमन्त्री ओलीले भने, ‘यसको मौलिक नाम नबिगारौं ।

यो राइनो होइन ।’ नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमालमध्ये धेरैवटा नेपालमै रहेको बताएका छन् । नेपाललाई विश्व मै सुन्दर देश भनिने गरकोे तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाल सुन्दर मात्र होइन,प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो’ प्रधानमन्त्री ओलीले भने, ‘यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तिव्रगतिमा अघि बढाउनु पर्दछ ।’

प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न बर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनुपर्र्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं । यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन्’ प्रधानमन्त्री ओलीले भने ।