२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज

जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज
अ अ+ अ-

काठमाडौँ। पत्रकार एवं लेखक जनकराज सापकोटाद्वारा लिखित पुस्तक ‘मगनी मरिक’ सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विमोचित उक्त पुस्तकले मधेसको सीमान्तकृत डोम समुदायको जीवनशैली, जात व्यवस्थाको जरो र त्यहाँ व्याप्त गहिरो सामाजिक विभेदलाई जीवन्त रूपमा चित्रण गरेको छ ।

पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै लेखक सापकोटाले आफू एउटा पत्रकारका रूपमा समाजका विकृति र विभेदलाई उजागर गर्न लागिपरेको बताउनु भयो । उण्हाँले मधेसमा अझै पनि विद्यमान जातीय छुवाछुत र लैङ्गिक विभेदका दर्दनाक उदाहरणहरू पेश गर्दै सत्ता र मुख्यधारका सञ्चार माध्यमले यी मुद्दाहरूलाई उपेक्षा गरिरहेको टिप्पणी गर्नुभयो ।

सापकोटाले रौतहटको दलित बस्तीको अनुभव सुनाउँदै भन्नुभयो, ‘शौचालय भएपनि महिलाहरू पुरुषहरूको प्रयोगपछि त्यसलाई उपयोग गर्न नपाउने विवशता र उपल्लो जातको बस्तीबाट आफ्नो बस्ती नदेखियोस् भनेर गरिने घेराबन्दी जस्ता घटनाले मधेसको वास्तविक मनोविज्ञान छर्लङ्ग पार्छ ।’

उहाँले प्रविधिको विकास र एआईको जमानामा समेत समाजको यस्तो असमानताको तथ्याङ्क प्रशोधन गर्न प्रविधि असफल रहेको भन्दै दुखेसो पोख्नुभयो ।

लेखकका अनुसार ‘मगनी मरिक’ केवल एक पुस्तक नभई राज्यले केवल जनगणनाको एउटा अङ्क र निर्वाचनको मतपत्रका रूपमा मात्रै बुझेको सीमान्तकृत समुदायको आवाज हो ।–न्युज एजेन्सी नेपाल