२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा
अ अ+ अ-

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बाल विवाहमुक्त, बालश्रममुक्त, सडक बालबालिकामुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज सूर्यविनायक नगरपालिका भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा उक्त घोषणा समारोहको उद्घाटन गर्नुभएको हो । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचक पूरा गरेसँगै सूर्यविनायकले आफ्ना १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान सुरु गरेको नगर कार्यालयले जनाएको छ ।

बालमैत्री स्थानीय शासनका सूचकअन्तर्गत ‘बाल बचाउ’ शीर्षकमा १४ वटा सूचक छन् । यसमा गर्भवतीले सात पटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, धनुष्टङ्कार (टिटानस) विरुद्धको खोप र आइरन चक्की सेवन गरेको हुनुपर्ने, दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने तथा बालबालिकाले पूर्ण खोप पाएको हुनुपर्ने व्यवस्था रहेका छन् । त्यस्तै, ‘बाल संरक्षण’ शीर्षकमा १० वटा सूचक निर्धारण गरिएका छन् ।

यसअन्तर्गत बालविवाह पूर्ण रूपमा निषेध हुनुपर्ने, बालश्रममुक्त वडा हुनुपर्ने, बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसा र दुव्र्यवहार रोकिएको हुनुपर्ने तथा सडक बालबालिका र बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापनाको व्यवस्था हुनुपर्ने प्रावधान छन् ।

बालविकासतर्फ छ वटा सूचक रहेका छन् । यसमा जन्मिएका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भएको हुनुपर्ने, विद्यालय तथा समुदायमा बालमैत्री र लैङ्गिकमैत्री शौचालय तथा स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्ने उल्लेख छ । यसैगरी, टोल, विद्यालय र वडास्तरमा बाल क्लब तथा बाल सञ्जाल गठन भई सक्रिय हुनुपर्ने र स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाले निर्धारित सूचक पूरा गरी सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यसहित अभियान अघि बढाएको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जनाउनुभयो । —