२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईलाई सुरक्षित र समृद्ध बनाउ कम्युनिस्ट पार्टीले मात्र सक्छ: अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा भ्रष्टाचार बढेको, जनताले झन् दुःख पाएको आफूले सुनेको बताएका छन् ।

तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा सोमबार धनुषामा आयोजित कार्यक्रममा प्रचण्डले तलैसम्म सुशासन छैन, जनतालाई झन दुःख भएको छ भन्ने सुनिएको बताए ।

उनले भने, ‘यो दुई नम्बर प्रदेशको सरकारले तपाईहरुका निम्ति के कति राम्रो काम ग¥यो ? यहाँ सुशासन सुरु भयो त ? विकासले गति लिन, भ्रष्टचार रोकिन थाल्यो त ? जनतालाई दुःख पर्दा सरकार तुरुन्तै आएर सहयोग गर्न थाल्यो त ? मैले बुझेसम्म त्यस्तो भएको छैन ।’

प्रदेश २ का मुख्यमन्त्रीसहित दलहरुको टोलीले प्रधानमन्त्रीलाई भेट्दा आफूले मधेसको समस्या बारेका गुनासो गरेको बताए ।

हुलाकी, रेलमार्ग, द्रुतमार्ग, सुनकोसी कमला डाइभर्सन जस्ता ठुला परियोजनामार्फत तराईलाई सुरक्षित र समृद्ध बनाउनुपर्ने उनको धारणा थियो ।

यो सबै गर्न कम्युनिस्ट पार्टीको सरकारले मात्र सक्ने उनको दाबी छ । नेकपा अध्यक्ष प्रचण्डले सरकार र पार्टीको नेतृत्व छिट्टै आउने र मधेस विकासको योजना अगाडि सार्ने बताए ।