५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईलाई सुरक्षित र समृद्ध बनाउ कम्युनिस्ट पार्टीले मात्र सक्छ: अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा भ्रष्टाचार बढेको, जनताले झन् दुःख पाएको आफूले सुनेको बताएका छन् ।

तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा सोमबार धनुषामा आयोजित कार्यक्रममा प्रचण्डले तलैसम्म सुशासन छैन, जनतालाई झन दुःख भएको छ भन्ने सुनिएको बताए ।

उनले भने, ‘यो दुई नम्बर प्रदेशको सरकारले तपाईहरुका निम्ति के कति राम्रो काम ग¥यो ? यहाँ सुशासन सुरु भयो त ? विकासले गति लिन, भ्रष्टचार रोकिन थाल्यो त ? जनतालाई दुःख पर्दा सरकार तुरुन्तै आएर सहयोग गर्न थाल्यो त ? मैले बुझेसम्म त्यस्तो भएको छैन ।’

प्रदेश २ का मुख्यमन्त्रीसहित दलहरुको टोलीले प्रधानमन्त्रीलाई भेट्दा आफूले मधेसको समस्या बारेका गुनासो गरेको बताए ।

हुलाकी, रेलमार्ग, द्रुतमार्ग, सुनकोसी कमला डाइभर्सन जस्ता ठुला परियोजनामार्फत तराईलाई सुरक्षित र समृद्ध बनाउनुपर्ने उनको धारणा थियो ।

यो सबै गर्न कम्युनिस्ट पार्टीको सरकारले मात्र सक्ने उनको दाबी छ । नेकपा अध्यक्ष प्रचण्डले सरकार र पार्टीको नेतृत्व छिट्टै आउने र मधेस विकासको योजना अगाडि सार्ने बताए ।