२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण खोलाको डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग अझै खुल्न सकेन



अ+ अ-

काठमाडौं । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा सयौं यात्रु आइतबार साँझदेखि अरुणखोला बजारमै अलपत्र परेका छन् ।

सडक अवरद्ध भएका कारण राजमार्गमा सवारीको लाइन लागेको छ। रोकिएका गाडीको लाइन पश्चिम नवलपरासीको बर्दघाटसम्म आईपुगेको छ।

डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर परेको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० मोहन पोखरेले जानकारी दिए ।

खोलामा पानीको सतह घटे आज साँझसम्मै सवारी साधन सञ्चालन गर्न सकिने एसपी पोखरेलले बताए ।