२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभीसी सेन्ट्रल जोन भलिबलः पहिलो खेलमै नेपाल पराजित



अ+ अ-

काठमाडौं । एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित भएको हो।

ललितपुर लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा आयोजना भएको प्रतियोगीतमा नेपाललाई किर्गिस्तानले २३–२५, २२–२५ तथा २३–२५ को सोझो सेटमा पराजित गरेको हो।

किर्गिस्तान यस प्रतियोगिताको एक पटकको विजेता हो भने एकपटकको उपविजेता हो।नेपालले अब बुधबार माल्दिभ्सको सामना गर्नेछ। समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र किर्गिस्तान छन्।

यस्तै समूह ‘बी’ मा साविकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्। प्रतियोगिता भदौ ७ गतेसम्म संचालन हुनेछ।