५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध उत्खननले बस्ती जोखिममा



अ+ अ-

जलेश्वर । महोत्तरीको उत्तरवर्ती खयरमाराका ७० घर रहेको बस्ती नदी कटानको जोखिममा परेको छ । बर्दिवास नगरपालिका–१० मा पर्ने सो बस्तीको छेउबाट बग्ने मडहा खोलाबाट अहिले जथाभावी ढुङ्गा, बालुवा र गिट्टी उठाउन थालिएपछि सो बस्तीमा कटानको जोखिम बढ्दै गएको हो ।

खयरमारा नजिकै मडहा खोलाबाट दैनिक ट्याक्टरले प्रतिदिन ढुङ्गा, गिट्टी र बालुवा उठाएर लैजाने गरेकाले सो खोला बस्तीतिर पस्न खतरा रहेको स्थानीयले बताएका छन् । सरकारको नियमानुसार असार, साउन र भदौमा नदीजन्य पदार्थ उठाउन प्रतिबन्ध रहे पनि खयरमाराको नदीबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ ।

सरकारले चुरे र चुरे क्षेत्रभन्दा माथिबाट नदीजन्य पदार्थ झिक्न रोक लगाए पनि खयरमारामा सबै नियम, कानूनको बेवास्ता गरी नदीजन्य पदार्थ जथाभावी रुपमा उठाउने गरिएको छ । जथाभावी रुपमा नदी दोहन गर्ने ट्याक्टर चालक तथा मजदूरले वडाध्यक्षको सिफारिसमा नै ढुङ्गा, गिट्टी र बालुवा लगिरहेको बताएका छन् ।

वडाध्यक्ष धनलाल श्रेष्ठले व्यक्तिहरुले जाली भर्नु छ, घर बनाउनु छ जस्ता कुरा गरेर सिफारिस लिन आएपछि थोरै थोरैका लागि सिफारिस दिइएको तर जथाभावी रुपमा गाउँलाई प्रतिकुल असर पर्ने गरी सिफारिस नदिइएको बताए । नगरप्रमुख बिदुर कार्कीले आफूलाई यसबारे कुनै औपचारिक जानकारी नभएको र जानकारी भएमा गाउँ बस्ती नै जोखिममा पार्ने गरी नियम विपरीत नदी दोहन गर्ने जोसुकैलाई पनि कानून बमोजिम कारवाही गरिने बताए।