५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधनबाट एक करोड सङ्कलन



अ+ अ-

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व) सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को अवधिमा सवारी कारवाहीबाट उक्त जरिवना सङ्कलन गरिएको हो ।

सवारी साधन कारवाहीबाट जरिवाना रकम सङ्कलन गरेको अहिलेसम्मकै उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसवर्ष बढी राजश्व सङ्कलन भएको प्रहरी नायब निरीक्षक विष्णु बस्नेतले जानकारी दिनुभयो । सिन्धुलीमा सवारी चाप बढ्दै जाँदा सवारी साधनहरुले नियम उल्लङ्घन गर्दा कारवाहीको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ ।

सवारी कारवाहीबाटै एक महीनामा न्यूनतम रु सात लाख राजश्व सङ्कलन भएको छ । एक आवमा १७ हजार ७२२ सवारी साधन कारवाहीमा परेका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । नियम विपरीत चलेका दुई हजार ६४८ बस, आठ हजार ८११ ट्रक, चार हजार ६६९ जिप तथा कार, ७४५ ट्याक्टर, तीन हजार ७४४ मोटरसाइकल र एक हजार २३८ टेम्पो कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । सवारी कारवाहीबाट सबैभन्दा कम साउन महीनामा रु सात लाख ६५ हजार राजश्व सङ्कलन गरेका ट्राफिक प्रहरीले भदौमा रु १२ लाख २५ हजार, कात्तिकमा रु ११ लाख ९२ हजार, पुस, फागुन, चैत र वैशाख महीनामा रु १० लाख भन्दाबढी राजश्व सङ्कलन गरेको छ ।

बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीको चाप बढ्दै जाँदा सवारीको कारवाही सङ्ख्या पनि बढ्दै गएको हो । आव २०७४/७५ मा ट्राफिकले रु एक करोड आठ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

बिपी राजमार्गको सिन्धुली सडकखण्डमा ‘टाइमकार्ड’ लागू गरिएपछि दुर्घटना कम भएका प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । सिन्धुली हुँदै काठमाडाँै र काठमाडौँ हुँदै तराईका विभिन्न जिल्लालाई गन्तव्य बनाएर दैनिक ७०० भन्दाबढी सवारी साधन गुड्ने गरेका छन् ।