२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु

कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु
अ अ+ अ-

बोगोटा। कोलम्बियामा सरकारी सेनाले गरेको हवाई आक्रमणमा एक किशोरीसहित चार जना सङ्दिग्ध विद्रोही मारिएका छन् । रक्षामन्त्रीले सोमबार उक्त जानकारी दिनुभएको छ ।

अगस्टमा पदभार सम्हालेयता राष्ट्रपति एबेल्लार्डो डे ला एस्प्रिएलाको आदेशमा गरिएको यो चौथो हवाई आक्रमण हो । यस अवधिमा सात जना नाबालिगसहित ४६ जना सङ्दिग्ध विद्रोही मारिएको जनाइएको छ ।

आइतबार बिहान सबेरै गरिएको आक्रमण भेनेजुएलासँग सीमा जोडिएको उत्तरपूर्वी काटाटुम्बो क्षेत्रमा रहेको विघटित विद्रोही समूह ‘फार्क’ (एफएआरसी)को विद्रोही खेमाको शिविरलाई लक्षित गरी गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा रक्षामन्त्री जर्ज मोराले तीन पुरुष र १६ वर्षीया एक किशोरीको मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले सशस्त्र समूहले नाबालिगलाई भर्ती गर्ने कार्यको निन्दा गर्नुभयो ।

मानवअधिकारवादी समूहले सामाजिक सञ्जालमा आकर्षक अभियान सञ्चालन गरेर सशस्त्र समूहले बालबालिका तथा किशोरकिशोरीलाई भर्ती गर्ने क्रम बढाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मोराका अनुसार आक्रमणका क्रममा बारुदी सुरुङ बिछ्याइएको क्षेत्रमा तीन जना सैनिक पनि गम्भीर रूपमा प्रभावित भएका छन् ।

विश्वकै प्रमुख कोकिन उत्पादक राष्ट्रमध्ये एक कोलम्बिया पछिल्लो एक दशकयताकै सबैभन्दा खराब हिंसात्मक अवस्थाको सामना गरिरहेको छ । पदभार सम्हालेयता राष्ट्रपति डे ला एस्प्रिएलाले सशस्त्र समूहविरुद्ध हवाई आक्रमण र स्थलगत सैन्य कारबाही तीव्र बनाउनुभएको छ ।

यसैबीच, कोलम्बिया ‘शिल्ड अफ द अमेरिकाज’ गठबन्धनमा पनि सहभागी भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवर्द्धन गरेको यस गठबन्धनमा अर्जेन्टिना, इक्वेडर र एल साल्भाडोरलगायत ल्याटिन अमेरिकी देश सहभागी छन् । यसको उद्देश्य लागुऔषध तस्करीमा सङ्लग्न समूह तथा कार्टेलविरुद्ध सहकार्य गर्नु हो ।  (रासस/एएफपी)