२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह
अ अ+ अ-

इस्लामाबाद। पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्न र अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गर्नुभएको छ ।

उहाँले विपद् आएपछि त्यसको प्रभाव व्यवस्थापन गर्नुका साथै जोखिम पहिचान गरी सम्भावित क्षति रोक्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा मङ्गलबार सन्देश जारी गर्दै राष्ट्रपति जर्दारीले पाकिस्तानले बाढी, भूकम्प, तातो हावाको लहर र खडेरीलगायतका प्राकृतिक विपद्को सामना गर्दै आएको बताउनुभयो ।  यस्ता विपद्ले जनधन, आवास तथा जीविकोपार्जनमा ठूलो क्षति पु¥याएको उहाँको भनाइ थियो ।

उहाँले कृत्रिम बुद्धिमत्ता (एआई), भूउपग्रह प्रविधि र वास्तविक समयको तथ्याङ्क प्रयोग गरेर पाकिस्तानले राष्ट्रिय विपद् व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउँदै लगेको जानकारी दिनुभयो । यी प्रविधिको प्रयोगबाट जोखिमको पहिचान, पूर्वसूचना जारी र विपद् आउनुअघि नै समुदायलाई सुरक्षित स्थानमा सार्न सहयोग पुगिरहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति जर्दारीले विपद् व्यवस्थापनमा स्थानीय सरकार र समुदायको भूमिकालाई पनि महत्वपूर्ण बताउनुभयो । स्थानीय अवस्था र आवश्यकताबारे प्रत्यक्ष जानकारी हुने भएकाले विपद्का बेला उनीहरू नै प्रायःउद्धार तथा प्रतिकार्यको अग्रपङ्क्तिमा रहने उहाँको भनाइ थियो ।

उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थालाई विपद् पूर्वतयारीलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । साथै, साझा जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य सुदृढ गर्न र देशबीच समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपतिले जलस्रोतको दिगो व्यवस्थापन, हिममण्डलको संरक्षण, खाद्य सुरक्षा, जलवायु अनुकूलन र वातावरण संरक्षणका क्षेत्रमा पनि अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न प्रस्ताव गर्नुभएको छ । साझा नदीको व्यवस्थापनमा देशबीच व्यापक सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । (रासस/सिन्ह्वा)