२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar रसुवाको स्याफ्रुबेसीमा प्रचण्ड: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण
अ अ+ अ-

काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ को विश्व आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएर ३.१ प्रतिशत पु¥याएको छ । यसअघि जुलाईमा गरिएको प्रक्षेपणभन्दा यो ०.१ प्रतिशत विन्दुले बढी हो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा बजारमा परेको दबाब र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा बढ्दो लगानीले विश्व अर्थतन्त्रमा फरक–फरक प्रभाव पारिरहेका बेला आईएमएफले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

एआईसम्बन्धी लगानीबाट लाभ लिइरहेका अर्थतन्त्रको वृद्धिले द्वन्द्वबाट प्रभावित अर्थतन्त्रको कमजोर प्रदर्शनलाई केही हदसम्म सन्तुलनमा राखेको संस्थाले जनाएको छ । आईएमएफको पछिल्लो विश्व आर्थिक परिदृश्य प्रतिवेदन ‘रेजिलियन्स अन्डर स्ट्रेन, अर्जेन्ट च्वाइसेस’ मा सन् २०२५ मा विश्व अर्थतन्त्र ३.५ प्रतिशतले विस्तार भएको अनुमान गरिएको छ । सन् २०२६ मा वृद्धिदर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा पुनः बढेर ३.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२७ को प्रक्षेपण जुलाईमा गरिएको अनुमानकै बराबर हो भने अप्रिलको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले बढी छ ।

सिमित अर्थतन्त्रमा केन्द्रित हुँदै विश्वव्यापी वृद्धि

आईएमएफकाअनुसार विश्व आर्थिक वृद्धिको लाभ अब पहिलेभन्दा कम देशमा केन्द्रित हुँदै गएको छ । अप्रिलमा ५४ वटा अर्थतन्त्रले विश्वव्यापी आर्थिक वृद्धिको ९५ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएकोमा पछिल्लो प्रक्षेपणमा यस्तो हिस्सा केवल ३२ अर्थतन्त्रमा केन्द्रित भएको उल्लेख छ । त्यस्तै, विश्वका करिव ४७ प्रतिशत अर्थतन्त्रको आर्थिक वृद्धिसम्बन्धी प्रक्षेपण घटाइएको छ ।

आईएमएफले विश्व अर्थतन्त्रलाई समग्रमा केवल सुस्त भइरहेको वा तिब्र गतिमा अघि बढिरहेको अवस्थाका रूपमा व्याख्या गर्न नमिल्ने जनाएको छ । बरु मध्यपूर्वको युद्धका कारण उत्पन्न ऊर्जा सङ्कट र एआई प्रविधिसँग सम्बन्धित मागले कुन देशको अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ भन्ने आधारमा आर्थिक वृद्धि फरक–फरक रूपमा बाँडिएको छ ।

तेलको मूल्य बढ्ने अनुमान

ऊर्जा आपूर्तिमा अवरोध र मौज्दात घट्दै जानुले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने आईएमएफले चेतावनी दिएको छ । संस्थाकाअनुसार मौज्दात तनावपूर्ण स्तरसम्म घटेमा बजारमा मूल्य अचानक बढ्न सक्छ । प्रतिवेदनमा सन् २०२६ मा कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ९५.७४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो सन् २०२५ को तुलनामा करिब ४१ प्रतिशत बढी हो। सन् २०२७ मा भने तेलको औसत मूल्य प्रतिब्यारेल ८७.३९ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ ।

विश्व अर्थतन्त्रमा के प्रभाव पर्न सक्छ ?

मध्यपूर्वको द्वन्द्व लम्बिँदै गएमा ऊर्जा आयातमा निर्भर देशहरूले महँगो तेल र बढ्दो उत्पादन लागतको सामना गर्नुपर्ने हुन सक्छ । यसले यातायात, उद्योग तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत दबाब सिर्जना गर्न सक्छ । अर्कोतर्फ, एआई प्रविधिमा भइरहेको लगानीले सम्बन्धित प्रविधि, पूर्वाधार र सेवामा माग बढाउन सक्छ । तर यसको लाभ सबै देशमा समान रूपमा पुग्ने सुनिश्चित छैन । समग्रमा, आईएमएफको प्रक्षेपणले विश्व अर्थतन्त्रमा वृद्धि कायम रहे पनि त्यसको लाभ सीमित अर्थतन्त्रमा केन्द्रित हुँदै गएको र मध्यपूर्वको द्वन्द्वले ऊर्जा बजार तथा आर्थिक स्थिरतामा जोखिम बढाइरहेको सङ्केत गर्छ ।