१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा मृत्यु भएका नेपालीको शव ल्याइँदै



अ+ अ-

बाँके । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।

राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिराले रुख ढलाउँदा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन् ।

उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए । उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहनुभएका घर्तीले भारतबाट शव ल्याउने काम भइरहेको जानकारी दिनुभयो । आज रातिसम्म शव नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

दुवैको मृत्युको खबरले चिलहरिया गाउँ शोकमग्न भएको छ । अर्जुनले गत असार १७ गतेमात्रै विवाह गर्नुभएको थियो । विवाहको एक महीना नबित्दै कमाउन भारत हिँडेका श्रीमान्को मृत्युको खबरले श्रीमती दीपा बुढा अचेत हुनुहुन्छ ।