११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदाका दिनसमेत स्वास्थ्य संस्था खुला रहने



अ+ अ-

सल्यान । त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो ।

गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिनुभयो ।

“गाउँपालिकाभित्रका नागरिक सानो–सानो बिरामी हुँदा मेडिकल र जिल्ला बाहिर नजाउन् र सरकारी स्वास्थ्य संस्थाबाटै सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको हो, अब वर्षभरि गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था खुला रहनेछन्”, अध्यक्ष डाँगीले भन्नुभयो ।

कर्मचारी व्यवस्थापनका लागि बिदाका दिन अतिरिक्त सुविधाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । “स्थानीय तह आफैँमा सरकार पनि हो, सरकारले जनताका आधारभूत सेवा प्रवाहमा कमी हुन दिँदैन, यहाँ सम्भव हुने उपचार यही हुन्छ, सम्भव नभए बाहिर लैजान गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो । बिदाका दिन स्वास्थ्य संस्थाबाट सेवा दिएपछि स्थानीयवासी खुशी भएका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले बताउनुभयो ।

“बिदाका दिन खटिने कर्मचारीलाई सुविधाको व्यवस्था गरेका छौँ, हाम्रो उद्देश्य नागरिक बिदाको दिन भनेर स्वास्थ्य सेवाबाट बञ्चित नहोऊन् भन्ने हो, यसले कर्मचारीमा समेत उत्साह थपेको छ”, उहाँले भन्नुभयो । उन्नाइस हजार जनसङ्ख्या भएको त्रिवेणीमा बिदाका दिन विद्यार्थीले बढी सेवा लिने गरेका गाउँपालिकाले जनाएको छ ।