काठमाडौं । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्य सोमबार सुन्धारास्थित सिभिल मलले आयोजना गरेको कार्यक्रममा सम्मानित भएका छन् । सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले उनलाई सम्मान गर्दै उपहार प्रदान गरेका थिए।
सिभिल मलको प्रवर्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ्ग फिएस्टा २०१९’ को अन्तिम दिन पारेर गरिएको सो कार्यक्रममा गायक आचार्यले प्रतियोगितामा सांगीतिक प्रस्तुति दिएका थिए।
जसअनुसार विर्तामोडकी अञ्जु आचार्यले यमाहा एफ जेड एस १५० जितिन् भने काठमाडौंका कृतांश पाण्डेले एलजी टेलिभिजन र पाटनका रेयांशले एलजी रेफ्रिजरेटर प्राप्त गरेका थिए । सो अवसरमा गोला प्रथाबाट यि सबै विभिन्न उपहार विजेताको घोषणा गरिएको थियो।