५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्‌कङ आन्दोलन: चीनले सामाजिक सञ्जालमा भ्रम फैलाउने अभियान चलाएको ट्विटर र फेसबुकको दाबी



अ+ अ-

काठमाडौं । ट्विटरले हङ्‌कङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने नौ सय ३६ खाताहरू हटाइएको बताएको छ।नौ सय ३६ ट्विटर खाताबाहेक अन्य दुई लाखजति खाता अफवाह फैलाउने उद्देश्यले खोलिएको भए पनि तिनलाई प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको बताइएको छ।

चीनले सामाजिक सञ्जालबाट हङ्‌कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चालेको पत्ता लागेपछि ट्विटरले उक्त खाताहरु हटाएको जनाएको छ । ट्विटरका अनुसार उक्त खताहरु हङ्‌कङको राजनीतिक अवस्था र त्यसको वैधतालाई कमजोर पार्ने उद्देश्यबाट सञ्चालित भएका थिए ।

ट्विटरले आफ्नो एउटा विज्ञप्तिमा भनेको छ– ‘हाम्रो विस्तृत अनुसन्धानपछि सङ्गठित रूपमा (चीन) सरकार समर्थित काम रहेको देखिने बलिया प्रमाणहरू भेटिएका छन्।’

गत सप्ताहान्तमा चीनको सरकारी समाचार संस्था सिन्ह्वाले ट्विटरमा प्रायोजित पोस्टहरू गरेपछि ट्विटरको निकै आलोचना भएको थियो।

मुख्यभूमि चीनमा ट्विटर पहिल्यै प्रतिबन्धित भए पनि मानिसहरूले भीपीएन भनिने भिन्न इन्टरनेट मार्गको प्रयोग गर्दै त्यसलाई प्रयोग गर्छन्।

यता फेसबुकले पनि सातवटा फेसबुक पेज, तीनवटा ग्रूप र पाँचवटा खाता हटाइएको जनाएको छ।ती खाताहरूमा हङ्‌कङ आन्दोलनबारे उस्तै शैलीमा सन्देश एवं विचारहरू देखापर्थे।