काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आज (मंगलबार) साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल तथा आफ्नो उपचारका लागि पुनः सिंगापुर जाने कार्यक्रमबारे जानकारी गराउने अनुमान गरिएको छ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए। चिकित्सकको सल्लाहअनुसार पुनः परीक्षणका लागि उनी फेरि सिंगापुर जाँदै छन्।
संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन्।