५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवेणी छोटी भन्सारद्वारा सेवा विस्तार



अ+ अ-

नवलपरासी । गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणीस्थित त्रिवेणी छोटी भन्सार कार्यालयले जाँचपास (सामानको भन्सार राजश्व सङ्कलन) कार्यको शुरुआत गरेको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित छोटी भन्सार कार्यालयले रु २५ हजार बराबरसम्मको जाँचपास सेवाको शुरुआत गरेको हो । यसअगाडि सामानको भन्सार राजश्व सङ्कलन (जाँचपास) नहुने गरेको यस छोटी भन्सार कार्यालयले पहिलो पटक न्यूनतम रकमबाटै भन्सार राजश्व सङ्कलनबाट सेवा शुरु गरेको हो ।

सो कार्यालयबाट रु २५ हजार बराबरसम्मको राजश्व सङ्कलन कार्य शुरु गरिएको महेशपुर मूल भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताए । यो कार्यसँगै गण्डक प्रदेशका व्यापारीलाई केही सहज हुने अपेक्षा गरिएको छ । महेशपुर मूल भन्सारअन्तर्गत पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयसमेत पर्दछ । त्यहाँ दुई कर्मचारी कार्यरत छन् । त्रिवेणी भन्सार कार्यालय गण्डक प्रदेश र भारतीयय सिमाना जोडिएको एक मात्र भन्सार नाकाका रुपमा मानिन्छ ।

यसबाहेक पश्चिम नवलपरासी प्रसौनी, भुजहवा र विष्णुपुरा छोटी भन्सार कार्यालय पनि महेशपुर मूल भन्सार कार्यालयअन्तर्गत पर्दछ । ती छोटी भन्सार कार्यालयबाट राजश्व सङ्कलको काम हुँदैन । ती छोटी भन्सार कार्यालयमा भारतीय बजारबाट नेपाल नजीकको बजार आउने सवारी सधानका लागि अस्थायी अनुमतिपत्र दिने मात्र काम हुन्छ ।

ती कार्यालयलाई राजश्व सङ्कलनको अनुमति प्राप्त छैन । पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयलाई मात्र राजश्व सङ्कलन गर्ने अधिकार छ ।