२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वपश्चिम राजमार्ग मर्मत हुँदै



अ+ अ-

भीमदत्तनगर । मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत महेन्द्र राजमार्ग मर्मत शुरु भएको छ ।डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको थियो।

उक्त कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले कैलालीको चिसापानीदेखि अत्तरीया बजारसम्मको नियमित मर्मत सो कम्पनीले गर्नेछ । सो योजनाअन्तर्गत सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने, नाला मर्मत, रेलिङ मर्मत, कल्भर्ड मर्मत र सडक बन्द भए अवरोध पनि हटाउने कार्यसमेत हुने उनको भनार्इ थियो ।“गत फागुनदेखि पाइलोट सडक मर्मत कार्यक्रमअन्तर्गत राजमार्ग मर्मत हुँदैछ ।”

सूचना अधिकारी जोशीले भने, “राजमार्ग जीर्ण हुनाका साथै दुर्घटना पनि बढ्न थालेपछि मर्मत गर्न लागिएको हो ।” त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि भीमदत्तनगर बजारसम्म पाँच किलोमिटर सडक दुवैतर्फ चौडा गरिएको उनले जानकारी दिए । चालू आवमा गड्डाचौकीदेखी कैलालीको अत्तरियासम्म सडक मर्मतका लागि रु पाँच करोड विनियोजन गरिएको थियो ।“पश्चिमी सिमानादेखि नै राजमार्ग मर्मत शुरु गर्छौ ।”

उनले भने, “नेपाल भ्रमण वर्षलाई पनि टेवा पुगोस् भन्ने हाम्रो पनि उद्देश्य हो ।” कार्यालयले चालू आवमा राजमार्ग छेउमा रहेका बिजुलीका पोल र रुख हटाउने कार्य गर्ने जनाएको छ ।