५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शल्यक्रिया गरेका बिरामीको मृत्युपछि अस्पतालमा नाराबाजी



अ+ अ-

धनगढी । धनगढीस्थित निर्सग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–१२ ओदालीका ५० वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको हो।

भण्डारीलाई सोमबार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरेको थियो। उनको दिउँसो साढे ३ बजे पित्तथैलीको अप्रेसन गरिएको थियो।

डाक्टर निराज आलम अन्सारको समूहले अप्रेसन गरेका हुन्। उनको सोमबार राति १२ बजेतिर मृत्यु भएपनि आफन्तलाई मंगलबार दिउँसो मात्र अस्पताल प्रशासनले जानकारी दिएको हो ।


अस्पताल सञ्चालक समितिका सदस्य कुवेर शाहीले अप्रेसनपछि हृदयघातका कारण बिरामीको मृत्यु भएको जानकारी दिएका छन्।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन्।अस्पातल गेटमा अहिले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।