५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरन्तर ओरालोतर्फ नेप्से



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो । सोमबार ७ दशमलव २३ बिन्दुले बढेको नेप्से परिसूचक आज भने ८.४३ घटेर एक हजार २१३.६३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७६ बिन्दुले घटेर २६३.१९ बिन्दुमा पुगेको छ ।

नेप्से घट्दा कारोवार रकम पनि ओरालो लागेको छ । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता शेयर रु २७ करोड २५ लाख नौ हजार २० मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लागेको छ । यस्तै १० उपसमूहको भने शेयर घटेको छ ।

व्यापार ६.५९ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ६.८३, होटल १३.८४, विकास बैंक ७.०४, जलविद्युत् १३.२८, वित्त २.०४, निर्जीवन बीमा २५.५९, उत्पादन ११.८६, अन्य ५.३४, लघुवित्त १३.१२, जीवन बीमा ५६.१६ बिन्दुले घटेको छ । कारोवार आधारमा आज होटल सोल्टी शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड ३५ लाख ८४ हजार ८९५ बराबरको शेयर कारोवार भएको छ ।

यस्तै रसुवागढी जलविद्युत् कम्पनी रु एक करोड ६५ लाख ६० हजार २८०, एनआइसिएसिया बैंक रु एक करोड ३२ लाख ९७ हजार १७१, नेपाल बैंक लिमिटेड रु एक करोड ३४ लाख एक हजार ४८०, नबिल बैंक रु ९७ लाख ४१ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज सबैभन्दा बढी कमाउनेमा विशाल बजार लिमिटेड रहेको छ । सो कम्पनीका शेयरधनीले ५.६२ प्रतिशतले कमाए ।

ग्रीन डेभलपमेन्ट बैंक ३.७७, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.४७, गुह्येश्वरी मर्चेन्ट बेंक एण्ड फाइनान्स २.५९, सपोट माइक्रोफाइनान्स २.४३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २ प्रतिशतले कमाए । स्टकका अनुसार आज सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका शेयरधनीले ९.५६ प्रतिशतले गुमाए ।

दिव्येश्वरी हाइड्रोपावर पाँच, हिमालयन पावर पार्टनर ४.९३, गुराँस लघुवित्त वित्तीय संस्था ४.७९, अरुण काबेली पावर ४.२९ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.०६ प्रतिशतले गुमाए ।