२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त

फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त
अ अ+ अ-

काठमाडौँ, २४ असोजः  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिताको व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार समूहको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष वन्तले प्रविधि र अधिकारका नयाँ चुनौतीहरूको सामना गर्न संस्था थप सबल र आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको हो । संस्थाको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष वन्तले आफ्नो कार्यकालको तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने र त्यसका लागि क्षमता विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले फोटो पत्रकारहरूले केवल तस्बिर खिच्ने काममा मात्र नभई संस्थागत नेतृत्व र व्यावसायिक सिपमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । वन्तले वर्तमान फोटो पत्रकारिता क्षेत्रले भोग्नुपरेका मुख्य चुनौतीहरूमा एआई (कृत्रिम बौद्धिकता) प्रविधि र प्रतिलिपि अधिकार (कपिराइट) रहेको बताउनु भयो । उहाँले नेपालको प्रचलित कानुनमा फोटो पत्रकारिताको प्रतिलिपि अधिकारलाई गम्भीरतापूर्वक नलिइएकोमा गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरा साथीहरूलाई पनि खुट्टा नकमाउन आग्रह गर्दछु । यो संस्था हामी आफैँले चलाउनुपर्छ । अरूको सहयोगमा मात्र निर्भर नभई आत्मनिर्भर भएर संस्थालाई दिगो रूपमा अगाडि बढाउनु आवश्यक छ । राष्ट्रिय फोटो पत्रकार समूहको २९ औँ वार्षिक साधारण सभामा आइपुग्दा म आफ्नो दोस्रो कार्यकालको अन्तिम वर्षमा प्रवेश गर्दै छु । यस अवधिमा मैले नयाँ नेतृत्व तयार गर्न र संस्थागत विकाससँगै व्यावसायिक सीप तथा क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छु । अब साथीहरूले नेतृत्व सम्हालेर संस्थालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुहुनेछ भन्ने विश्वास छ । संस्थाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, हकहित संरक्षण र योगदानको अभिलेखीकरणमा काम गर्दै आएको छ । साथै, कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग र फोटोको प्रतिलिपि अधिकार संरक्षणका विषयमा पनि हामीले निरन्तर छलफल गर्दै आएका छौँ । फोटो पत्रकारिताको प्रतिलिपि अधिकारलाई सामान्य रूपमा लिने प्रवृत्ति अन्त्य हुनुपर्छ। फोटो प्रयोग गर्दा फोटो पत्रकारको अनुमति, अधिकार र श्रमको सम्मान गरिनुपर्छ । यसका लागि स्पष्ट कानूनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक छ ।’

संस्थालाई वाह्य सहयोगको भरमा नभई आफ्नै स्रोत र साधनमा आत्मनिर्भर (सस्टेनेबल) बनाएर अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो । नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्नु आफ्नो प्रमुख दायित्व रहेको बताउँदै वन्तले फोटो पत्रकारहरूको हकहितका लागि संस्थागत बहस र छलफललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल