२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग

हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना

हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना
अ अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ।

हुलाक सेवा विभागले १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजना गरेको फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

हुलाक सेवाको ऐतिहासिक महत्त्व कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई समयानुकूल, जीवनोपयोगी र नागरिककेन्द्रित बनाउनुपर्ने बताउनुभयो। आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै उहाँले हुलाक सेवालाई पनि सोहीअनुसार रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो।

देशभर फैलिएको हुलाक सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्न सके सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्‍याउने भरपर्दो माध्यमका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो। हुलाक सेवालाई सहज, छरितो र विश्वसनीय बनाउने गरी सरकारले सुधारका योजना कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका व्यक्तित्वदेखि विश्व प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्तित्वसम्मको योगदानलाई स्मरण गर्दै नयाँ हुलाक टिकट सार्वजनिक गरिएको छ।

हुलाक सेवा विभागले बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजनका आविष्कारक जोन लोगी बेयर्डको तस्बिर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको हो। विभागका अनुसार ती सबै टिकट प्रतिटिकट १० रुपैयाँ दरका छन्।

कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले नयाँ हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो।

सो अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्बिर अंकित हुलाक टिकट जारी हुनुले दलित समुदायले राष्ट्र निर्माणमा पुर्‍याएको ऐतिहासिक योगदानको राज्यस्तरबाट सम्मान भएको बताउनुभयो। सूचना प्रविधिको तीव्र विकासका बाबजुद हुलाक सेवाको उपादेयता कायम रहेको उल्लेख गर्दै उहाँले यसलाई आधुनिक कुरियर सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सञ्चारसचिव राजेन्द्रकुमार पौडेलले देशभरका पालिकासम्म फैलिएको हुलाक सञ्जाललाई उपयोग गरी नागरिकका घरघरमा सरकारी सेवा पुर्‍याउन सकिने बताउनुभयो। हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन निजी क्षेत्रसँग सहकार्य गर्दै स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ थियो।

सरकारी संयन्त्रको देशव्यापी पहुँचलाई प्रभावकारी रूपमा परिचालन गर्न सके हुलाक सेवामार्फत नागरिकलाई थप सहज र भरपर्दो सेवा दिन सकिने उहाँले बताउनुभयो।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा विश्वभर अझै सान्दर्भिक रहेको उल्लेख गर्दै विशेषगरी दुर्गम क्षेत्रमा सेवा पुर्‍याउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। दुर्गम क्षेत्रमा सेवा विस्तारमा पुर्‍याएको योगदानका कारण अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त हुनु गौरवको विषय भएको उहाँको भनाइ थियो।

उहाँका अनुसार हुलाक सेवा क्रमशः स्मार्ट अवधारणातर्फ अघि बढ्दै आधुनिकीकरणको चरणमा प्रवेश गरिरहेको छ। बदलिँदो प्रविधि र नागरिकको आवश्यकताअनुसार सेवाको स्वरूप परिवर्तन गर्दै यसको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो।