२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग

मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति

मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति
अ अ+ अ-
काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न २० जना बालिकालाई रु १० हजारका दरले रु दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ । दश विद्यालयका विपन्न दलित विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।
गमगढीमा सम्पन्न शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभामा वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले राससलाई जानकारी दिनुभयो । मुगु शाखा सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति एसआर पाण्डे, सचिव रेशमबहादुर भण्डारीलगायतले शान्ति समाजको जलवायु न्याय र सद्भाव प्रवर्द्धन अभियानबारे प्रकाश पार्नुभएको थियो ।
शान्ति समाजले २०८० सालदेखि लगातार तीन वर्षसम्म ‘छोरी पढाऔँः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित कर्णालीका बालिकाहरूलाई रु २७ लाख ९६ हजारको छात्रवृत्ति प्रदान गरेको थियो । सोही कार्यलाई निरन्तरता दिन २०८२ सालमा समाजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट विकट कर्णालीका २० जना बालिकालाई यस वर्षको छात्रवृत्ति  प्रदान गरिएको हो ।
अक्षयकोषमा समाजका महासचिव प्रकाश शाहीबाट रु चार लाख, पूर्ववरिष्ठ उपसभापति कृष्णबहादुर रावलबाट रु तीन लाख, निवर्तमान सभापति रामकृष्ण बरालबाट रु दुई लाख, पूर्वसभापति होमकान्त चौलागाईबाट रु दुई लाख, शैशव खनालका अभिभावकबाट रु दुई लाख, आर्या पाण्डेका अभिभावकबाट रु दुई लाख, सभापति रेनुका पौडेलबाट रु एक लाख, संस्थापक सदस्य कृष्ण कँडेलबाट रु एक लाख, सल्लाहकार रामप्रसाद जोशीबाट रु एक लाख, केन्द्रीय सदस्य मणिराम दाहालबाट रु एक लाख गरी रु १९ लाख जम्मा भइसकेको छ ।