११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एकको मृत्यु



अ+ अ-

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७ नंको ट्रक दुर्घटनामा परेको हो । ट्रक आफै अनियन्त्रित भएर सडकछेउ विद्युत्को पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो ।

चालक सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।