७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ किलो गाँजासहित तीनजना पक्राउ



अ+ अ-

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारबाट आठ किलो पाँच सय ग्राम लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा कास्की जिल्लाको माछापुच्छ्रे नगरपालिका वडा नम्बर ८ बस्ने सन्जोग सुनारलाई गाँजासहित पक्राउ गरेको थियो।

उनकै सूचनाको आधारमा स्याङजा जिल्ला चिनिबासका नयन थापामगर र कास्कीको लेखनाथ महानगरपालिका वडा नम्बर ९ बस्ने संगीत विकलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुलाई लागुऔषध ओसार पसार ऐन अन्तरगत कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले जानकारी दिए।