७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध भारतीय रुपैयाँसहित पाँचजना पक्राउ



अ+ अ-

दाङ । दाङ प्रहरीले अमिलियाबाट १५ लाख ७९ हजार पाँच सय ८० अवैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको जनाको छ।

पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका २ बस्ने ४० वर्षीय शसे विक, बारेकोट गाउँपालिका ८ जाजरकोट बस्ने २७ वर्षीय शिव सिङ्ग भनिने पूर्ण विक, तुलसीपुर उपमहानगर पालिका ५ बस्ने २७ वर्षीय हिरा विक, त्रिवेणी गाउपालिका ९ बस्ने ४३वर्षीय प्रकाश केसी र कोहलपुर नगरपालिका २ बस्ने ३४ वर्षीय मनकुमारी खत्री रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १५ लाख ७९ हजार ५ सय असी भारतीय रुपैयाँ र ३ हजार ४ सय ९५ रुपैयाँ नेपाली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।