७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुटा विवरण पेश गरी नागरिकता लिएको आरोपमा दुईजना पक्राउ



अ+ अ-

धादिङ । दक्षिणी धादिङको बेनिघाटमा झुटा विवरण पेश गरी नागरिकता लिएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोराङ गाउँपालिका–१० ओप्राङका बुद्धिबहादुर प्रजा र प्रेम बहादुर प्रजा पक्राउ परेका हुन्।

सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर नागरिकता दिलाएको जिल्ला प्रहरी कार्यलय धादिङले बताएको छ ।

पक्राउ परेकाबाट नागरिकता र कागजात किर्ते सम्बन्धी मुद्धामा अनुसन्धान सुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने धादिङ प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए।