२१ भाद्र २०८३, आईतवार
,
Latest
गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलको अमेजन जंगलमा भिषण आगलागी



अ+ अ-

काठमाडौं । ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायको ध्यान गएको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने उनीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तर्राष्ट्रिय संकट निम्त्याएको बताएका छन् । आगलागीप्रति लक्षिण गर्दै उनले ‘मेरो घर जलिरहेको छ’ भन्दै ट्वीट गरेपछि यो विषय अन्तर्राष्ट्रियकरण भएको छ । साथै उनले आसन्न जि–सेभेनको सम्मेलनमा यो संकटलाई एजेण्डा बनाउन प्रस्ताव गरेका छन् ।

म्याक्रोंको यो प्रस्तावप्रति ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भने सहमती जनाएका छैनन् । ब्राजिलको उपस्थिति नरहने सम्मेलनमा यो विषय उठाउनु भनेको विश्वका शक्ति राष्ट्रहरुको औपनिवेशिक सोच भएको उनको भनाई छ ।

तीव्र गतिमा फँडानी भइरहेको अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ । भू–उपग्रहरुबाट प्राप्त तस्वीर र तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अमेजन जंगलमा डढेलोको मात्रा ८५ प्रतिशतले बढेको छ । अमेजनमा लागेको आगलागी स्पेसबाट समेत देखिएको थियो ।

बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फँडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ ।जंगलमा वर्षकै सबैभन्दा ठुलो र भिषण आगलागी भएको हो । जसबाट त्याहाँका धेरै जिवन्तुहरुको डढेर मृत्यु पनि भएको छ ।




भर्खरै