१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैन्य टकरावको खतरा: प्रधानमन्त्री खान



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरको विषयमा भारतसँग अब वार्ताको कुनै अर्थ नभएको बताएका छन् । उनले कश्मिरको विषयमा दुवै परमाणु शक्तिसम्पन्न राष्ट्रहरुबीच सैन्य टकरावको खतरा रहेको पनि बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ताका लागि धेरै कोसिस गरेपनि उनले अस्वीकार गरेको बताए । भारत प्रशासित कश्मिरको स्वायत्तता अन्त्य गरेको विषयलाई लिएर भारतको हिन्दु राष्ट्रवादी सरकार पाकिस्तानी प्रधानमन्त्रीको निशानामा छ ।

प्रधानमन्त्री खानले मोदी सरकारलाई ‘नाजी’ सरकारसँग तुलना गर्दै उसले कश्मिरमा नरसंहार मच्चाउनसक्नेसमेत आशंका गरेका छन् । पाकिस्तानले यस विषयलाई संयुक्त राष्ट्रसंघमासमेत उठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको अवस्था ‘विस्फोटक’ रहेको बताएका छन् । भारतले भने यो विषय आफ्नो आन्तरिक मामिला भएको बताउने गरेको छ ।