१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदबाट मात्रै हतियार कारखाना खोल्ने अनुमति



अ+ अ-

काठमाडौं । हतियार उद्योग खोल्ने अनुमति दिने अधिकार मन्त्रिपरिषदमा रहने गरी संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक व्यवसाय विधेयक २०७५ पारित गरेको छ ।

तर सांसदहरुले निजी क्षेत्रलाई पनि आणविक भट्टी र हतियार उद्योग खोल्ने दिन खोजिएको भन्दै विरोध जनाएपछि यस्ता उद्योग खोल्ने अनुमति मन्त्रिपरिषदले मात्र दिन सक्ने व्यवस्था गरिएको हो ।

समितिमा छलफलका क्रममा रहेको उक्त विधेयकमा यसअघि हतियारसम्बन्धी उद्योग खोल्ने अधिकार पनि औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डमा रहने व्यवस्था थियो ।
शुक्रबार समितिबाट विधेयक पारित भएपछि अब प्रतिनिधिसभामा पेश हुनेछ ।