१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१८ च्याम्पियनसिप हेर्न रु २ सयको टिकट तोकियो



अ+ अ-

काठमाडौं । नेपालमा आयोजना हुने साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता हेर्नका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै टिकटको दर २०० रुपैयाँ तोकेको हो ।

प्रतियोगिता यही असोज तीनदेखि १२ गतेसम्म हलचोकस्थित एपीएफको खेल मैदानमा हुदैछ ।समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका र भारत रहेका छन् ।नेपालले असोज तीन गते आफ्नो उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ ।

त्यस्तै, समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले असोज पाँचमा भुटानसँग खेल्नेछ ।आयोजक नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका रहेको प्रतियोगितामा सबै टिमको बन्दोबस्त पनि भइसकेको एन्फाले बताएको छ ।