२१ भाद्र २०८३, आईतवार
,
Latest
गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल र स्कुटरको झडपमा एक को मृत्यु



अ+ अ-

भक्तपुर । भक्तपुरको नयाँ थिमीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने, स्कुटर चालक घाइते छन् । मृत्यु हुनेमा मध्यपुर थिमि–५ कमेरेटारका २२ वर्षीय राजेश गोजा छन् ।

दुर्घटनाबाट सख्त घाइते गोजाको उपचारकै क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । प्रहरीका अनुसार शुक्रबार बिहान सूर्यविनायक–तीनकुने सडकखण्ड अन्तर्गत मध्यपुर थिमि–४ नयाँथिमि चारदोबाटोस्थित भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा जुधेका थिए ।

घाइते स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रविण लोहलाको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।




भर्खरै