१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुम ट्रक दुर्घटना हुँदा १ मजदुरको मृत्यु



अ+ अ-

म्याग्दी । निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको आउटलेटमा माटो बोक्ने बा २ क १६३० नम्बरको वुम ट्रक दुर्घटना हुँदा १ मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका, ६ घारको अमिला काफलस्थित आउटलेटमा शुक्रबार बिहान ७ बजे मजदुर लिएर सुरुङ पस्ने क्रममा मुखबाट तल खस्दा रुकुमका ४१ वर्षीय टेकमान कामीको मृत्यु भएको र अन्य मजदुर हाम्फालेर बाँचेको प्रहरीले जनाएको छ ।

०७६ मंसिरभित्र निर्माण सम्पन्न गरिने आयोजना ‘थ्रीसी’ मोडेलमा कन्सल्टेन्ट कन्ट्याक्टर हाइड्रो कन्सल्ट इन्जिनियरिङ र सिभिल ठेकेदारको रुपमा साउथ एशिया इन्फ्रास्टक्चर रहेका छन् ।

अन्नपूर्ण गापा ५ को कुरिलाखर्कमा बाँध बनाई ३ किमि लामो सुरुङमार्गको अन्नपूर्ण गापा ६ अमिला काफलमा आउटलेटबाट १२ सय मिटर पेनस्टक पाइपबाट पानी ल्याएर बेनी–जोमसोम सडकको पोखरेबगरमा विद्युत् गृह बनाउने योजना छ ।