१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै
अ अ+ अ-

तनहुँ। तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ ।

जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयका अनुसार कार्यक्रमअन्तर्गत जिल्लामा तीन हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको छ । करिब ८८६ दशमलव ५६ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

चैते धान प्रवर्द्धनका लागि रु ९५ लाख बजेट विनियोजन भएकामा रु ८७ लाख ९७ हजार खर्च भएको कार्यालय प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममार्फत खेती विस्तारसँगै किसानलाई आवश्यक बीउ, कृषि सामग्री, यन्त्र उपकरण तथा सिँचाइ पूर्वाधारमा सहयोग गरिएको छ ।

चैते धानखेतीमा किसानको आकर्षण बढाउन कार्यालयले १३ वटा कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादन सामग्री तथा कृषि यन्त्र उपकरणमा अनुदान दिएको छ । कार्यक्रमअन्तर्गत पाँच हजार ३१६ किलोग्राम धानको बीउ उपलब्ध गराइएको छ ।

त्यस्तै किसानलाई दुईवटा मल्टिक्रप थ्रेसर, एक मिनीटिलर, तीन डिजिटल तराजु, १३ कम्बाइन मिल, छ स्प्रेयर र ३४१ वटा त्रिपाल उपलब्ध गराइएको छ । धान रोपाइँदेखि कटानी तथा प्रशोधनसम्म किसानलाई सहज हुने गरी यन्त्र उपकरणमा सहयोग गरिएको अधिकारीले बताउनुभयो ।

चैते धानका लागि सिँचाइ सुविधा महत्त्वपूर्ण हुने भएकाले कार्यक्रमअन्तर्गत दुई हजार तीन मिटर पक्की सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो निर्माणपछि करिब १२ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । कार्यक्रमबाट ५७६ जना किसान लाभान्वित भएका छन् । लाभान्वितमध्ये ३०१ महिला र २७५ पुरुष छन् ।

कार्यालयले चैते धानलाई वर्षे धानको विकल्पका रूपमा मात्र नभई किसानले एउटै खेतबाट थप उत्पादन लिन सक्ने अवसरका रूपमा प्रवर्द्धन गर्दै आएको छ । धानको क्षेत्र विस्तार, उन्नत बीउको प्रयोग, कृषि यान्त्रिकीकरण र सिँचाइ सुविधा विस्तारमार्फत उत्पादन बढाउने लक्ष्य राखिएको छ ।

कृषि विकास कार्यालयले आगामी दिनमा उक्त धानखेतीको सम्भावना भएका क्षेत्र पहिचान गरी कार्यक्रम विस्तार गर्ने जनाएको छ । चैते धानको उत्पादन बढाउन सके जिल्लाको समग्र धान उत्पादनमा वृद्धि हुनुका साथै किसानको आयआर्जनमा प्रत्यक्ष योगदान पुग्ने विश्वास गरिएको छ । रासस