१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र
अ अ+ अ-

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दाबी गर्दै रु चार करोड ७४ लाख ४६ हजार ८१३ दशमलव ४९ पैसा बिगो कायम गरेको छ ।

आयोगका अनुसार श्रेष्ठले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा श्रेष्ठको नियुक्ति भएको मिति २०५३ साल असार २७ देखि २०८१ साल चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी तथा उनको एकाघर परिवारका सदस्यको आय–व्ययको विस्तृत गणना र विश्लेषण गरिएको थियो ।

आयोगले अनुसन्धानका क्रममा श्रेष्ठको वैध आय तथा विभिन्न शीर्षकमा भएको खर्च र लगानीबीचको तुलना गर्दा आयस्रोतले पुष्टि गर्न नसक्ने सम्पत्ति आर्जन गरेको देखिएको जनाएको छ । गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा उनकी श्रीमतीका नाममा समेत रहेको आयोगको दाबी छ ।

श्रेष्ठविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित तथा निषेधित कसुर गरेको अभियोग लगाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय, कायम गरिएको बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ । साथै उनकी श्रीमतीका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्ति पनि जफत गर्न सम्बन्धित कानुनी प्रावधानबमोजिम मागदाबी लिइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने तथा अन्य व्यक्तिका नाममा राख्ने कार्य पनि अनुसन्धानको दायरामा ल्याइएको हो । सोही आधारमा श्रेष्ठ तथा उनकी श्रीमतीका नाममा रहेको सम्पत्तिसम्बन्धी विवरण अनुसन्धान गरी कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरिएको हो । रासस