५ पुष २०८२, शनिबार
,
Latest
युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले सम्पर्क टुट्यो



अ+ अ-

धादिङ । विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ । केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिनेगरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका– ५ का वडाध्यक्ष धीरज तामाङले राससलाई बताए।

पैँसट्ठी घरधुरी रहेको नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र तातोपानी हुँदै जाने बाटोमा आएको पहिरोले बाटो र खोलासमेत थुनिएकाले सँगै अन्य गाउँको सम्पर्क टुटेको स्थानीयवासी टिसमान तामाङले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ समुदायको बस्ती हो । आवतजावत नै बन्द भएकोले गाउँमा कुनै समस्या तथा विपद् पर्दा सहयोगसमेत उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको छ